सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक अस्पतालका एचआर प्रमुखको मोटरसाइकल दुर्घटनामा मृत्यु

२०७९ मंसिर १०, ०५:४६ खबर संवाददाता

धनगढीः कञ्चनपुरको एक अस्पतालका एचआर प्रमुखको मोटरसाइकल दुर्घटनापछि मृत्यु भएको छ। जिल्लाको इशान मेमोरियल अस्पतालका एचआर प्रमुख मिनबहादुर कुँवरको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। 

शुक्रबार दिउँसो बेलौरी नगरपालिका–३ बुटाबारीमा घाँस बोकेर हिँडिरहेकी महिलासँग मोटरसाइकल ठोक्किदा ४२ वर्षीय कुँवर घाइते भएका थिए। उपचारका क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुवरले चलाएको से ७ प ४१५९ नम्बरको मोटरसाइकलले स्थानीय जानकीदेवी बोहरालाई ठक्कर दिएको थियो। महिलालाई सामान्य चोटपटक लागेको छ।
 

कमेन्ट लोड गर्नुस