सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर १०, ०५:०६ खबर संवाददाता

धनगढीः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–६ स्थित खडायत गाउँकी ३२ वर्षीया लिला खडायतको लडेर मृत्यु भएको हो। 

शनिबार दिउँसो खर काट्ने क्रममा उनको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक खडायतका दुई छोरी र एक छोरा छन्।   
 

कमेन्ट लोड गर्नुस