सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २ सय क्वीन्टल गहुँको बिउ वितरण गर्दै

२०७९ मंसिर १०, ११:५६ कमल सावद

धनगढीः कैलालीको कैलारी गाउँपालिकाका सबै, घोडाघोडी नगरपालिका तीन र गौरीगंगा नगरपालिकाका पाँच वडामा गहुँ सुपरजोन कार्यक्रम सञ्चालनमा छ। गहुँ सुपरजोन कार्यक्रम मार्फत प्रत्येक वर्ष झण्डै एक सय ५० हेक्टर क्षेत्रफलका लागि बिउ वितरण हुँदै आएको छ। तर अनुदानको बिउ लिएका सहकारी तथा कृषकहरुले उत्पादन गर्दै आएको गहुँको विवरण भने सुपरजोनसँग छैन।

गहुँ सुपरजोन कार्यालय, धनगढीका प्रमुख गोविन्द जोशीका अनुसार उनीहरुले उत्पादन भएको गहुँको बिउ व्यापारीहरुलाई विक्री गर्दै आएका छन्। चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, गहुँ सुपरजोनले २ सय क्वीन्टल बिउ वितरण गरेको जोशीले बताए।  

एक सय ३० हेक्टर क्षेत्रफलका लागि बिउ वितरण गरिएको हो। नयाँ गहुँको बिउ उत्पादनका लागि सुपरजोनले गहुँ वितरण गरेको हो। सहकारीहरुले उत्पादन भएको बिउ निजी कम्पनीलाई विक्री गर्दै आएका छन्। चालु आर्थिक वर्षमा गहुँ सुपरजोन कैलालीले ६ करोडका कार्यक्रम सञ्चालन गर्दैछ।

गहुँको बिउ वितरण, धान तथा तोरी र यान्त्रिकीकरणमा पनि अनुदानका कायक्रम रहेका छन्। सुपरजोनले प्रदर्शनी कार्यक्रम पनि सञ्चालन गर्ने छ। कैलालीको एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सुपरजोन विस्तार गरिएको गहुँ सुपरजोन कार्यालय, धनगढीका प्रमुख गोविन्द जोशीले बताए। 

गहुँ सुपरजोन कार्यक्रम मार्फत कैलालीमा बिउ वितरण गरिएको छ। जिल्लाको कैलारी गाउँपालिका तथा गौरीगंगा र घोडाघोडी नगरपालिकाका किसानलाई गहुँको बिउ वितरण गरिएको हो। गहुँको बिउ उत्पादन गर्दै आएका सहकारी तथा कृषकलाई प्रत्येक वर्ष सुपरजोन मार्फत सरकारले बिउ वितरण गर्दै आएको छ। तर उनीहरुले उत्पादन गर्ने बिउको भने तथ्याँक राखिएको छैन।

प्रत्येक वर्ष एक सय ५० हेक्टर क्षेत्रफलमा गहुँको बिउ उत्पादनका लागि अनुदानको बिउ वितरण गर्ने गरिएको भएपनि तथ्याँक राखिएको छैन।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस