सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ मंसिर १०, ०९:५५ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।

मृतकको परिचय नखुलेको बताइएको छ। ट्र्याक्टर चालक शुक्लाफाँटा नगरपालिका घर भएका अन्दाजी २३ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस