सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावलको प्रश्नः यति छिट्टै प्रचण्डलाई फकाउन सक्ने ओलीजीले पार्टी फुट्दा के हेर्नुभो ?

२०७९ मंसिर ९, ०४:१७ खबर संवाददाता

धनगढीः नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन सकेको भए नेकपा टुक्राटुक्रा नहुने बताएका छन्।

उनले समान सिद्धान्त र विचार भएका दल र व्यक्तिहरु एकै ठाउँमा हुनु स्वच्छ राजनीति भएको पनि बताए। उनले ट्वीटरमा लेखेका छन्, ‘समान सिद्धान्त, विचार र कार्यक्रम भएका दल र व्यक्तिहरू एक ठाउँमा रहनु स्वच्छ राजनीति हो। यो लोकतन्त्रका लागि राम्रो हुन्छ। यति छिट्टै प्रचण्डलाई फकाउन सक्ने ओलीजीले पार्टी टुक्रा टुक्रा हुँदा के हेर्नुभयो ?’

कमेन्ट लोड गर्नुस