सुदूर नेपाललाई विश्वसँग जोड्दै

ठुला प्रविधि कम्पनीले कर्मचारी घटाइरहँदा टिकटकले ल्यायो स्टाफ थप्ने योजना

२०७९ मंसिर ९, ०६:०६

एजेन्सी: सिलिकन भ्यालीको अधिकांश व्यवसाय नयाँ भर्ना अवरुद्ध गर्ने र भएका स्टाफ कटौती गरिरहँदा टिकटक भने अझै नयाँ स्टाफ भित्र्याउने योजना बनाइरहेको छ। छोटो छोटा भिडियो चलाउन मिल्ने एप टिकटकको माउन्टेन भ्यू, क्यालिफोर्नियास्थित अफिसले झण्डै १००० इन्जिनियरहरू भर्ती गर्ने योजना बनाएको सीएनएनले लेखेको छ।

पछिल्लो समय वाशिंगटनमा टीकटकको मातृ कम्पनीको चीनसँगको सम्बन्धलाई लिएर वाशिन्टनमा वहस तथा छानबिन भइरहेको छ। यसै परिपेक्षामा अमेरिकी प्रयोगकर्ता डेटाको निरीक्षण अमेरिकामै रहेको टिमले गरिरहेको छ भन्ने प्रत्याभूत गर्न नयाँ भर्ती गर्न लागिएको हो।

टिकटकका सिइओ शोउ सी च्युउले गत साता सिंगापुरमा आयोजित ब्लुमवर्ग न्यु इकोनोमी फोरममा उनको कम्पनी थप कर्मचारी भर्ती गर्ने योजना बनाएको पुष्टि गरे। उनले अन्य प्राविधिक कम्पनीहरूले कर्मचारी कटौती गर्न लागेको प्रश्नको जवाफमा यस्तो बताएका थिए।

हालैका हप्ताहरूमा, मेटाले कम्पनीमा ११ हजार कर्मचारी कटौती गर्न लागेको बताएको थियो। ट्विटरको अधिग्रहण गरेपछि इलोन मस्कले लगभग आधा कर्मचारीहरू कटौती गरिसकेका छन्। त्यस्तै अर्को प्राविधिक कम्पनी अमेजनले कर्मचारी हटाउन लागेको बताएको छ।

यी कम्पनीका वर्तमान र पूर्व पदाधिकारीहरुले कम्पनी महामारीको समयमा बढेको अनलाइन प्रयोगले छिटो विस्तार भएको र अहिले त्यही अनुरूप उपभोग नभएकाले कटौती गर्न लागेको बताउँछन्। टिकटकले नयाँ भर्ती अभियानलाई आलोचकहरूलाई खुसी पार्न र अमेरिकामा आफ्नो स्थिति बलियो बनाउन प्रयोग गर्न सक्छ। -सीएनएनबाट

कमेन्ट लोड गर्नुस