बझाङ प्रदेश (१ ) मा गठबन्धनका पृथ्वीबहादुर सिंह निर्वाचित
धनगढी: बझाङ प्रदेश १ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका छन्। उनी नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ३६९ मतले पराजित गर्दै निर्वाचित भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १६ हजार ६७७ मत पाए भने ओखेडाले १२ हजार ९९८ मत पाए। राप्रपा नेपालका कर्णबहादुर खड्काले ४१२ र राप्रपाका हरिलाल भट्टराईले ३९५ मत प्राप्त गरे।