सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर ३ मा भारी मतान्तरले रमेश लेखक विजयी 

२०७९ मंसिर ७, ०७:३१ खबर संवाददाता

धनगढीः कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले भारी मतान्तरले विजयी भएका छन्। प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५२३ मत पाएका छन्। 

नेकपा एमालेका उम्मेदवार निरु पालको १८ हजार चार ४४८ मत पाएका छन्। लेखक पालबीचको मतान्तर १३ हजार बढी रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत पाएका छन्। प्रतिनिधि सभाको ३६९९ मत बदर भएको छ। 

कमेन्ट लोड गर्नुस