सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा २७ हजार बढी मत गन्दा सागर ढकालको कती ?

२०७९ मंसिर ६, ०७:१५ खबर संवाददाता

धनगढीः काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो अग्रता बढाइरहेका छन्। २७,९६१ मत गणना हुँदा सम्म देउवाले १३ हजार ८५९ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। 

ढकालको मत ७ हजार २३७ छ। यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ४ हजार ८३ मत सहित तेस्रो स्थानमा छन्। यस्तै डडेल्धुरामा अहिलेसम्म १ हजार ७५७ मत बदर भएका छन्। 

कमेन्ट लोड गर्नुस