डोटीमा १०१५० मत गणना, प्रेम आलेको ५७२४ मत
धनगढीः डोटीमा प्रतिनिधि सभा सदस्यको १०१५० मत गणना भएको छ। जिल्लामा एकीकृत समाजवादीका उम्मेदवार पूर्व मन्त्री प्रेम आले अगाडि छन्। उनको ५७२४ मत छ।
एमालेका उम्मेवदार गौरी वलीको ३२२३ मत छ। स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र खड्काको ४०४ मत छ। केशव बलायरको ४७ र राज प्रसाज जोशको १० मत रहेको निर्वाचन कार्यालय डोटीका प्रमुख करुणकर पन्तले बताए। जिल्लामा प्रतिनिधि सभा सदस्का ६२४ मत बदर भएका छन्।
डोटीको प्रदेश सभा, निर्वाचन क्षेत्र नम्बर १ मा चक्र मल्ल अगाडि छन्। प्रदेश सभा १ मा ९५७३ मत गणना भएको छ। मल्लको ४९६४ मत छ। उक्त निर्वाचन क्षेत्रमा नरेन्द्र सिँको ३९५२ मत छ। नेत्र नाथको १०४ तथा शैलेन्द्र खड्काको ९५ मत छ।
डोटीको प्रदेश सभा, निर्वाचन क्षेत्र नम्बर २ मा १०६०६ मत गणना भएको छ। उक्त क्षेत्रमा एमालेका उम्मेदवार टेक बम अगाडि छन्। बमको ४९८१ मत छ। माओवादी केन्द्रका उम्मेदवार शिव सिँह ओलीको ४७५७ मत छ। प्रदेश सभा सदस्यका उम्मेदवार मोहन बमले ३५९ मत ल्याएका छन्।
जिल्लामा एक लाख २४ हजार आठ सय ७० मा ६४ हजार ८४ मत मात्र खसेका छन्। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ६ जना मैदानमा छन्।