सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ११८५९ मत गणना, सागरको २९५९ मत

२०७९ मंसिर ६, ०८:०६ खबर संवाददाता

धनगढीः डडेल्धुरामा प्रतिनिधि सभा सदस्यको ११८५९ मत गणना भएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अगाडि छन्। उनको ६०२८ मत छ। स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको २९५९ मत छ। देउवालाई  स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्।

नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण मल्ललाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार  ढकाल दोश्रो स्थानमा छन्। काँग्रेस वीपीका उम्मेदवार मल्लले १७१८ मत पाएका छन्।

जिल्लामा प्रतिनिधि सभा सदस्यको ७४६ मत बदर भएको छ।
 

कमेन्ट लोड गर्नुस