सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली- २ मा मतगणना सुरु

२०७९ मंसिर ५, ०८:१० खबर संवाददाता

धनगढीः कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। उक्त निर्वाचन क्षेत्रमा सोमबार रातिबाट मतगणना सुरु भएको हो। जम्मा एक लाख चार हजार नौ सय ६ मतदाना रहेको क्षेत्र नम्बर २ मा ६० हजार ६ सय २९ मत खसेको छ। 
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ९ जना उम्मेदवार प्रतिनिधि सभा सदस्य बन्ने दौडमा छन्। यो क्षेत्रमा नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेशकुमार चौधरी, नेकपा एमालेबाट निवर्तमान सांसद झपटबहादुर रावल, नेपाल लोकतान्त्रि पार्टीका देशराम चौधरी उम्मेदवार छन्।

यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर बुढामगर, नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतसिंह बुढाक्षेत्री, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)का शेखर शर्माले उम्मेदवारी दिएका छन्।

कमेन्ट लोड गर्नुस