सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–३ मा ६२९२ मत गणना सकियो, कसको कति ?

२०७९ मंसिर ५, ०६:५६ खबर संवाददाता

धनगढीः कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका ६ हजार दुई सय ९२ मतगणना भएका छन्। सुरुवाति परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी अगाडि छन्। 

उन्मुक्तिका चौधरीको २१५०, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १५४८, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको १०५० र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको १२७६ मत छ।

उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल, नेकपा मालेका परेकबहादुर रावल, स्वतन्त्रका नवीनकुमार बोहरा र रमेश आचार्य चुनावी मैदानमा छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि ८ जना उम्मेदवार छन्।

 

कमेन्ट लोड गर्नुस