बैतडीमा आज ४ बजेदेखि मतगणना सुरु
बैतडी: प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत बैतडीमा मतगणनाको लागि सर्वदलीय बैठक बसेको छ। मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार बैठकले आज अपरान्ह ४ बजेदेखि मतगणना शुरु भएको हो। आइतबार सम्पन्न निर्वाचनपछि आज बिहानमात्र सदरमुकाममा मतपेटिका संकलन सकिएको थियो। सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना हुने जनाइएको छ।
पहिले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षको मतगणना शुरु गर्ने र त्यसपछि समानुपातिकको मतगणना हुने जनाइएको छ। आइतबार सम्पन्न निर्वाचनमा बैतडीमा कुल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो। १ लाख ५० हजार १५६ मतदाता रहेकामा ७८ हजार ४१६ मत मात्रै खसेका थिए।
प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ क्षेत्र रहेको बैतडीमा २२ जना चुनावी मैदानमा रहेका छन्।