सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी दुर्घटना अपडेटः घाइते ४ जनालाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो 

२०७९ मंसिर ५, ०९:५७ खबर संवाददाता

धनगढीः बैतडीमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका ४ जनालाई हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ। घाइतेहरुलाई थप उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटना घाइते भएका ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ। अहिलेसम्म दुर्घटनामा ५ जनाको मृत्यु भएको बताइएको छ। 

मृतकहरुको पहिचान खुल्न सकेको छैन्। आज बिहान जिल्लाको पाटन नगरपालिका वडानम्बर ४ निङ्लाडी खोलामा से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको थियो। मतपेटीका सदरमुकाम पुगाएर फर्नने क्रममा प्रहरी सवार जिप दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस