सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ५२ प्रतिशत मत खस्यो, साइपालका मतपेटिका ढुवानी हुँदै

२०७९ मंसिर ५, ०९:११ खबर संवाददाता

धनगढीः बझाङमा ५२ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख बिमलप्रसाद गौतमका अनुसार जिल्लामा ५१ दशमलव ८८ प्रतिशत मत खसेको हो।

जिल्लामा एक लाख २२ हजार तीन सय ७६ मतदाता छन्। जिल्लामा झण्डै ६३ हजार चार सय ८८ जनाले मात्र मतदान गरेका हुन्। जिल्लाको साइपाल क्षेत्रका मतपेटिका ढुवानी हुँदैछन्। सोमबार दिउसो २ बजेसम्म सबै क्षेत्रका मतपेटीका आउने र सर्वदलिय बैठकपछि मतगणना सुरु हुने छ।

जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि सात जना चुनावी मैदानमा छन्। जिल्लामा एमालेबाट ऐनबहादुर महर, जनता समाजवादी पार्टीबाट रामबहादु जाग्री, राप्रपाबाट विश्व प्रकाश जेठारा, एकीकृत समाजवादीबाट भानुभत्त जोशी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी उम्मेदार छन्। जिल्लामा राम चन्द्र राना र डम्बर हादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 
 

कमेन्ट लोड गर्नुस