सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा झडप प्रकरणः प्रहरीको राइफल खोसेर फरार छन् स्थानीय

२०७९ मंसिर ४, ०९:४० खबर संवाददाता

बाजुरा: त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा भएको झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन्। इन्सास राइफल अझै फेला नपरेको प्रहरीले बताएको छ। 

आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाएको हो। प्रहरीले बल प्रयोग गर्दा सुरेन्द्र अएडी (संजिव) को मृत्यु भएको प्रहरीको भनाई छ।  झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन्। झडपमा परी त्रिवेणीमा नगरपालिका वडा नम्बर–७ मा प्रहरीको गोली लागेर २६ वर्षीय सुरेन्द्र अएडी (संजिव) को ज्यान गएको छ । 


 

कमेन्ट लोड गर्नुस