बझाङमा लात हानेर मतपेटिका फुटाइयो
धनगढीः बझाङमा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएका छन्। फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ।
स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको मतदान अहिले सुचारु भएको छ।
बझाङको केदास्यु गाउँपालिका वडा नम्बर १ बेताल माध्यमिक विद्यालय, रातापानीमा बिहान साढे ९ बजेदेखि रोकिएको मतदान केही बेरअघि शुरु भएको ह। स्वतन्त्रका एजेण्ट कमल भण्डारी र माओवादी उम्मेदवारका एजेण्ट कुमार भण्डारीबीच विवाद उत्पन्न भएपछि मतपेटिकालाई लात हानेर फुटाइएको थियो।