बाजुराका यी ३ मतदान केन्द्रमा लफडा, मतदान स्थगित
२०७९ मंसिर ४, १२:४४
धनगढीः बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ। जिल्लाको बुढिगंगा नगरपालिका ८ को मतदान केन्द्र, बुढीनन्दा ५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को एक केन्द्रमा मतदान स्थगित भएको हो।
राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए।
कमेन्ट लोड गर्नुस