डोटीको एक सडकमा प्रेसर कुकर बम भेटियो
२०७९ मंसिर ४, ११:१४
धनगढीः डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम राखिएको पाइएको छ। जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ को राना गाउँ–जमलकट्टे बिचको सडकमा कुकर राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
सडकको जंगल क्षेत्रमा बम राखिएको हो। नेपाली सेनाको समूह बम डिस्पोजका लागि गएको छ।
कमेन्ट लोड गर्नुस