सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको तिङ्कर-छाङरुका नागरिकले ५ दिनको बाटो हिँडेर गरे मतदान

२०७९ मंसिर ४, ०८:४१ खबर संवाददाता

दार्चुला: दार्चुलाको छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गा आएर मतदान गरेका छन्। व्यास गाउँपालिका-१ को छाङरु र तिङ्करका मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका हुन्। 

उनीहरूले खलङ्गामा रहेको मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन्। तिङ्करमा २३५ जना मतदाता छन्। उनीहरू कात्तिक २९र३० गते नै सदरमुकाम आइपुगेका थिए। मतदानकै लागि उनीहरू पाँच दिन हिँडेर खलंगा आएका हुन्।

कमेन्ट लोड गर्नुस