सुदूर नेपाललाई विश्वसँग जोड्दै

इक्वेडरको एक कारागारमा झडप, १० जना कैदीबन्दीको ज्यान गयो

२०७९ मंसिर ४, ०६:१९

एजेन्सी: इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको ज्यान गएको छ।

कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र सार्ने विषयमा विवाद भएपछि घटना भएको सुरक्षा अधिकारीलाई उद्धृत गरी अलजजिराले जनाएको छ। इक्वेडरमा बर्सेनि यस्ता घटना हुने गरेका छन्। गएको वर्ष विभिन्न कारागारमा झडप हुँदा ४ सय जना कैदीबन्दीले ज्यान गुमाएका थिए। कारागारमा रहेका कैदीबन्दीको सुरक्षा निक्कै चुनौतीपूर्ण विषय बन्दै गएको सरकारी प्रतिवेदनमा समेत औँल्याइएको छ।

कमेन्ट लोड गर्नुस