सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा रोकिएन चोरी, फेरि चोरीको प्रयास

२०७९ मंसिर २, ०९:४९ रक्षा भट्ट

धनगढी: कैलालीको अत्तरियामा चोरीको प्रयास गरिएको छ। बिहीबार राति धनगढी रोडमा रहेको पाठक पार्केट एण्ड फर्निसिङ्ग सेन्टरमा चोरी गर्ने प्रयास गरिएको हो।

सटर र आल्मोनियमको सिसा फोडेर चोर भित्र पसेको तर नगद पैसा आफूले बोकेरै गएको र सजिलै लैजान सक्ने सामान नभएको हुँदा चोरी नभएको सञ्चालक डिल्लीराज पाठकले बताए। पछिल्लो समय अत्तरिया क्षेत्रका पसलहरुमा श्रृंखलावद्ध रुपमा चोरी हुन थालेको छ। सोमबार राति मात्रै अत्तरियाकै लहना मोबाइल ग्यालरीमा १२ लाखभन्दा बढीको चोरी भएको थियो।

 

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस