सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बाहुबली’ अभिनेत्री तमन्ना  बिहे गर्दै

२०७९ मंसिर १, १०:१६

एजेन्सी: बलिउड अभिनेत्री तमन्ना भाटिया आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन्। तमन्नाले व्यापारीको विवाह प्रस्तावलाई स्विकारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ। तमन्ना बलिउडकी सुन्दर नायिकामा गनिन्छिन्। नायिकाले धेरै हिन्दी फिल्ममा उत्कृष्ट काम गरेकी छिन्। उनले आफ्नो करियरमा धेरै हिट फिल्म दिएकी छिन्, जसमध्ये एउटा ब्लकबस्टर फिल्म बाहुबली हो।
 

कमेन्ट लोड गर्नुस