सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेडफोनमा गीत सुन्ने बानीले विश्वका १ अर्ब युवाहरुले श्रवणशक्ति गुमाउनसक्ने

२०७९ मंसिर १, ०५:५९

एजेन्सी: एक अध्ययनले हेडफोनमा गीत सुन्ने वा चर्को सङ्गीत कार्यक्रममा सहभागी हुनेहरूलाई चिन्तित बनाउन सक्ने उल्लेख गरेका छ। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको श्रवण क्षमताबारे अध्ययनको वृहत्तर विश्लेषणले युवाहरूलाई तिनको सुन्ने बानीमा होसियार हुन आह्वान गरेको हो।

अन्यथा विश्वका झण्डै एक अर्ब युवाहरूले श्रवणशक्ति गुम्ने जोखिममा रहेको बुधबार बीएमजे ग्लोबल हेल्थ नामक जर्नलमा प्रकाशित समीक्षाले चेतावनी दिएको छ। अध्ययनले सरकार र नीतिनिर्मातालाई युवाहरुको श्रवण स्वास्थ्य सुरक्षाका लागि थप चर्को आवाज आउने स्थालमाथि नियमन गर्न आग्रह गरेको छ। विगत दुई दशकमा अंग्रेजी, स्पेनिस, फ्रेन्च र रुसी भाषामा प्रकाशित ३३ अध्ययनको तथ्याकंको समिक्षाले १२ देखि ३४ वर्ष उमेर समूहका १९,००० भन्दा बढी सहभागीहरूलाई समेटेको छ। 

तीनमा २४ प्रतिशत युवाहरूमा हेडफोन प्रयोग गर्दा सुन्दा असुरक्षित रुपमा सुन्ने अभ्यास रहेको पाइएको थियो। त्यस्तै ४८ प्रतिशत युवाहरू कन्सर्ट वा नाइटक्लबजस्ता मनोरञ्जन स्थलहरूमा असुरक्षित स्तरको आवाजको झुम्ने गरेको पाएको थियो। यी अध्ययनको योगमा समीक्षाले भनेको छ– ६ लाख सत्तरी हजारदेखि १ अर्ब ३५ करोड युवाले सुन्ने क्षमता गुमाउने जोखिममा छ।

अध्ययनकी एक लेखिका लरेल डिलार्डले श्रवण क्षमतामा असर कम गर्न हेडफोन प्रयोगकर्ताहरूले ध्वनिको स्तर निगरानी गर्ने एप अथवा सक्रिय बनाउन सुझाव दिइन्। कन्सर्ट वा नाइटक्लबजस्ता चर्को संगित चल्ने कार्यक्रमहरूमा इयरप्लग लगाउनुपर्ने पनि उनले बताइन्। ‘यी आवाजले एक्कै पटक असर गर्दैन। असरहरु जम्मा हुँदै जान्छ र जब तपाई ६७ वर्ष अथवा बढि हुनुहुन्छ, त्यसको धेरै ठूलो प्रभाव पर्न सक्छ,’ डिलर्डले भनिन्। 

कमेन्ट लोड गर्नुस