सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित खटिए कर्मचारी

२०७९ कार्तिक ३०, १०:५२ खबर संवाददाता

धनगढी: बाजुराका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका छन्। जिल्लाका ७० ओटा मतदान केन्द्रमा ९ सय ९३ जना कर्मचारी निर्वाचन साम्रगी लिएर खटिएका हुन्।

मंगलबार हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिकामा खटिएका कर्मचारी सदरमुकाम मार्तडीबाट प्रस्थान भइसकेका र अन्य स्थानीय तहमा जाने कर्मचारीहरु पनि सामान बुझेर जाने क्रममा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताए।

मतपेटिका, स्वस्तिक छापलगायत सामग्रीसहित मतदात अधिकृतको नेतृत्वमा कर्मचारी र सुरक्षाकर्मी खटाइएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। जिल्लामा ७० मतदानस्थलका ११२ मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई निर्वाचन सामग्री उपलब्ध गराउँदै पठाउँदै गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाभर कुल ९ सय ९३ जनशक्ति परिचालन गरिएको बताइएको छ । 

कमेन्ट लोड गर्नुस