सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल हुने

२०७९ कार्तिक ३०, ०७:४५ खबर संवाददाता

काठमाडौँ: नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल हुने भएको छ। दशरथ रंगशालामा बेलुका साढे पाँच बजे खेल सुरु हुने भएको हो।

विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो। दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्दैछ। नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो।

सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन्। त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो। दुई देशबीच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन्। मैत्रीपूर्ण फुटबलका लागि सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एन्फाले यो खेलका लागि सामान्य प्याराफिटतर्फ ५ सय, भीआईपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ। 

कमेन्ट लोड गर्नुस