सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा गोली चल्दा तीन जना फुटबलरको मृत्यु 

तस्बिर : एजेन्सी
तस्बिर : एजेन्सी
२०७९ कार्तिक २९, ०९:३३

एजेन्सी: अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको मृत्यु भएको छ। युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो।

आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो। ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन्। घटनामा अरु दुई जना घाइते भएका बीबीसीले जनाएको छ। गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ। साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस