सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा हाईस दुर्घटना अपडेट : एक जनाको मृत्यु, ११ घाईते

२०७५ चैत्र ४, ०१:२९ खबर संवाददाता

डडेल्धुरामा हाईस दुर्घटना हुँदा डोटीको सायल गाउंपालिका वडा नम्बर १ बस्ने २६ वर्षिय गणेश साउँदको मृत्यु भएको छ। अन्य ११ जना घाईते भएका छन्। घाईते मध्ये ६ जनाको डडेल्धुरा उपक्षेत्रिय अस्पताल, २ जनाको शैलेश्वरी अस्पताल र २ जनालाई धनगढी रेफर गरिएको शैलेश्वरी अस्पताल डोटीले जनाएको छ। 
सोमबार बिहान दिपायलबाट धनगढी तर्फ आईरहेको बा २ ख १६६२ नम्वरको हाईस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा दुर्घटना भएको हो। 
 

कमेन्ट लोड गर्नुस