सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा स्वतन्त्र उम्मेदवार बोहराले गठबन्धनलाई सघाउने

२०७९ कार्तिक २८, ०३:५८ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरा प्रदेशसभा क्षेत्र नम्बर ‘१’ का स्वतन्त्र उम्मेदवार धनबहादुर बोहरा धीरजले वाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएका छन्।

सोमबार वाम लोकतान्त्रिक गठबन्धनले आलिताल गाउँपालिका ६ र ७ को संयुक्त चुनावीसभामा उनले नेकपा माओवादी केन्द्रका खगराज भट्टलाई सघाउने घोषणा गरेका हुन्। उनले आफूले उम्मेदवारी फिर्ता लिएको र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टलाई सघाउने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रदेशसभा ‘१’ मा एमालेबाट पूर्वमन्त्री पठानसिंह बोहरा र स्वतन्त्र उम्मेदवार महेशसिंह धामी चुनावी मैदानमा छन्।

कमेन्ट लोड गर्नुस