सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका एक वडाध्यक्ष आचारसंहिता विपरीत पार्टीको चुनावी प्रचारमा 

२०७९ कार्तिक २८, ११:२३ खबर संवाददाता

बझाङ: बझाङका एक वडाध्यक्ष आचारसंहिता विपरित पार्टीको चुनावी प्रचारमा संलग्न रहेको पाइएको छ। जिल्लाको साइपाल गाउँपालिका-४ का वडाअध्यक्ष जयसिंह रोकाया निर्वाचनको आचारसंहिता विपरित पार्टीको प्रचारप्रसारमा संलग्न रहेको पाइएको हो।

निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद ३ को बुँदा (ङ) मा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तहभित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न रोक लगाएको छ। नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित रोकाया आफ्नो पार्टीका उम्मेदवारको पक्षमा मत माग्दै गाउँपालिकाका विभिन्न टोलहरुमा हिँडेका बताइएको छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिको अहिलेसम्म कुनै उजुरी नआएको र उल्लङ्घन गर्ने व्यक्तिको विवरण आफू कहाँ पठाएर सहयोग गर्न आग्रह गरेका छन्।

यस्तै, साइपाल गाउँपालिका ३ घर भई साइपाल गाउँपालिका २ मा रहेको तपोवन आधारभुत विध्यालय जिमामा बालकक्षा शिक्षकमा कार्यरत जस्वीर बोहरा पनि चुनावमा गठबन्धनकोे प्रचारमा जुटेका छन्। उनले आफ्नो फेसबुक वालमा गठबन्धनलाई मत मागेका छन्। तर, उनीहरु दुवै जनाविरुद्ध लिखित तथा मौखिक उजुरी भने कहीँ कोहीबाट नआएको मुख्य निर्वाचन अधिकृत यादवले बताए।
 

कमेन्ट लोड गर्नुस