सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा हाईस दुर्घटना हुँदा १२ जना घाईते

२०७५ चैत्र ४, ११:२६ खबर संवाददाता

डडेल्धुरामा हाईस दुर्घटना हुँदा १२ जना घाईते भएका छन्। दिपायलबाट धनगढी तर्फ आईरहेको बा २ ख १६६२ नम्वरको हाईस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा दुर्घटना हुँदा १२ जना घाईते भएका हुन्। घाईतेको उद्धार गरि डडेल्धुरा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 
रोकिराखेको हाईस भिरालो भएका कारण अचानक झाडिमा गएर दुर्घटना भएको यात्रुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस