बैतडीमा रुखबाट लडेर एक महिला घाइते
२०७९ कार्तिक २८, ०७:१७
धनगढी: बैतडीमा रुखबाट लडेर एक महिला घाइते भएकी छन्। प्रहरीका अनुसार आइतबार दिउँसो जिल्लाको डिलाशैनी गाउँपालिका-६ चौंसेराकी २५ वर्षीया गौमती माल स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी हुन्।
उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
कमेन्ट लोड गर्नुस