सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुनै चलखेल नभए डडेल्धुरामा जित सुनिश्चित भइसक्योः सागर ढकाल 

२०७९ कार्तिक २७, ०१:३४ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कुनै चलखेल नभएर आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।

भारत र खाडीमा रहेका डडेल्धुरावासीले आफूलाई जिताउन घरमा दिनदिनै फोन गरेर गरेर आफूलाई मतदान गर्न भनेका बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘कुनै चलखेल नभए जित सुनिश्चित नै छ। इन्डिया, खाडीमा हुनुभएका सम्पूर्ण डडेल्धुरा बासिन्दाले घरमा दिनदिनै फोन गरेर सागर ढकाललाई सुइमा मतदान गर्न भन्नुहोला।’

उनले आफूलाई जिताउनका लागि सबैलाई छिटोभन्दा छिटो डडेल्धुरा आउन आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस