सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्पले बझाङका १०० घरमा क्षति

२०७९ कार्तिक २७, ०८:४२ खबर संवाददाता

धनगढी: गएराति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण बझाङका १०० घरमा क्षति पुर्‍याएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर गएको ५.४ रेक्टर स्केलको भूकम्पले १०० घरमा क्षति पुर्‍याएको हो।

गाउँपालिकाभरिका करिब १०० घर भूकम्पका कारण चर्किएको र केही घर भत्किएको विवरण प्राप्त भएको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। भूकम्प आएपछि शनिबार राति स्थानीय त्रसित भएका थिए। उनीहरु डरले रातभर घर बाहिर आगो तापेर बसेरका थिए।

कमेन्ट लोड गर्नुस