सागर ढकाल लौरो अभियानको प्रधानमन्त्री उम्मेदवार
२०७९ कार्तिक २६, ०७:१२
काठमाडौंः हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ।
हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले आज एक विज्ञप्ति जारी गर्दै ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको हो।
सो पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले ढकाललाई विजयी गराउन पनि डडेल्धुराका मतदातालाई आग्रह गरेका छन्।
कमेन्ट लोड गर्नुस