सुदूर नेपाललाई विश्वसँग जोड्दै

कन्ने खोजिराछुँ (कविता)

२०७९ कार्तिक २६, ०७:०४ रक्षा भट्ट

माया गर्न निभाउन जान्ने खोजिराछुँ
संसारकै भाग्यमानी ठान्ने खोजिराछुँ
छोडिगए गुनासो छैन भन्छौ तिमी
तिमी बिना मरिहाल्छु भन्ने खोजिराछुँ
कोही छ भने भनिहाल कन्ने खोजिराछुँ ।

रिस उठ्ला गुनासो होला सुन्ने खोजिराछुँ 
रिसमा पनि मायाजाल बुन्ने खोजिराछुँ
तिमी बोलिनौ म पनि बोलिन भन्छौ तिमी
नबोली त बस्नै सकिन भन्ने खोजिराछुँ
कोही भए भनिहाल कन्ने खोजिराछुँ ।

मौन हुँदा म चित्त दुख्यो ठान्ने खोजिराछुँ 
थोरै भए नि भनेका कुरा मान्ने खोजिराछुँ
हरेक कुरामा आफूलाई सही नै देख्छौ तिमी 
गल्ति हुँदा आई एम सरी भन्ने खोजिराछुँ
कोही छ भने भनिहाल कन्ने खोजिराछुँ । 

दिक्क नमानी खुसीले कुरा गर्ने खोजिराछुँ 
ढिलो चाँडो मेरै सिउँदो भर्ने खोजिराछुँ 
हप्तौँ कुरा नहुँदा नि फोन गर्दैनौ तिमी
सधैँ फोन गरी के छ खबर भन्ने खोजिराछुँ 
कोही छ भने भनिहाल कन्ने खोजिराछुँ ।

सबैसँग हुन्न गुनासो बुझ्ने खोजिराछुँ
मेरा लागि कठिन समयसँग जुझ्ने खोजिराछुँ 
समयले के गराउँछ थाहा हुन्न भन्छौ तिमी
तिमीलाई छाडी जाँदै जान्न भन्ने खोजिराछुँ
कोही छ भने भनिहाल कन्ने खोजिराछुँ ।

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस