सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्वीटर कर्मचारीलाई एलन मस्कले इमेलमा भने–गुलिया कुरा गरेर काम छैन

२०७९ कार्तिक २५, ०५:५२ खबर संवाददाता

काठमाडौंः ट्वीटर कम्पनी खरीद गरेको दुई हप्तापछि कम्पनीका नयाँ मालिक एलन मस्कले आफ्ना कर्मचारीहरुलाई पहिलो इमेल पठाएका छन्। उक्त इमेलसँगै उनले मस्कले कोभिड महामारीसँगै सुरु भएको घरबाटै काम गर्न पाउने सुविधा अर्थात् रिमोट वर्किङ अन्त्य गरेका छन्।

अब मस्कले व्यक्तिगत रुपमा स्वीकृति नदिएसम्म कर्मचारीलाई घरबाटै कार्यालयको काम गर्नमा बन्देज लागेको छ। साथै मस्कले कमजोर आर्थिक अवस्था उल्लेख गर्दै कर्मचारीहरुलाई आगामी दिनमा कठीन समयका लागि तयार हुन पनि आग्रह गरेका छन्।

ब्लुम्बर्गले प्रकाशित गरेको समाचार अनुसार कर्मचारीलाई पठाएको इमेलमा मस्कले आर्थिक चुनौतीका बारेमा गुलिया कुरा गर्नुको कुनै अर्थ नरहेको बताएका छन्। अबको बाटो निकै कठीन रहेको भन्दै मस्कले सफलताका लागि कठीन मेहेनत आवश्यक रहेको उल्लेख गरेका छन्। आगामी केही दिनका लागि कम्पनीको सबैभन्दा पहिलो प्राथमिकता प्रमाणित बोट्स, ट्रोल्स तथा स्पामलाई पत्ता लगाएर हटाउनु भएको उनको भनाइ छ।

स्मरण रहोस् कोभिड महामारी सँगै ट्वीटरले आफ्ना कर्मचारीलाई स्थायी रुपमै कार्यालय नआई घर वा जुनसुकै ठाउँमा काम गर्नसक्ने नियम बनाएको थियो। तर मस्कले भने सुरुवात देखि नै आफु कार्यालयबाट टाढा रहेर अनलाइनमा काम गर्ने कुराको विपक्षमा रहेको बताउँदै आएका छन्। एजेन्सी

कमेन्ट लोड गर्नुस