मलावीमा हैजाका कारण २०० जनाको मृत्यु
एजेन्सी: हैजाले मलावीमा २०० जनाको मृत्यु भएको छ। देशको सबैभन्दा खराब प्रकोपमध्ये एक हैजा संक्रमण गत महिना शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।
गरिब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४९९ जनामा संक्रमण देखिएको रेकर्ड गरेको छ। राष्ट्रसंघले यसलाई राष्ट्रलाई प्रभावित गर्ने १० वर्ष यताकै सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ। स्थ्य मन्त्रालयले मंगलबार १७४ नयाँ संक्रमण रिपोर्ट गरिएको बताएको छ। अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो।