बझाङ बसपार्कमा होटलबाटै चरेशको कारोबार, एक जना पक्राउ
२०७९ कार्तिक २४, ०४:२९
धनगढीः बझाङमा लागुऔषधसहित ५४ वर्षीय पुरुष पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका ७ सुबेडा घर भई सोही नगरपालिका ९ सिमखेत बसपार्कमा जगदम्बा होटल गरी बस्ने ५४ वर्षीया जगु गिरी पक्राउ परेका हुन्।
उनलाई ४ सय ६० ग्राम अवैध लागुऔषध चरेशजस्तो देखिने पदार्थसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले लागुऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कमेन्ट लोड गर्नुस