सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भूकम्पबाट मृत्यु भएका परिवारलाई आलेले १ लाख ५० हजार दिने 

२०७९ कार्तिक २३, ०२:२१ खबर संवाददाता

धनगढीः पूर्वमन्त्री तथा डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि एकीकृत समाजवादीबाट उम्मेदवार रहेका प्रेमबहादुर आलेले डोटीमा भूकम्पबाट मृत्यु भएका परिवारलाई सहयोग गर्ने भएका छन्। उनले पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परि मृत्यु भएका ६ जनाका परिवारहरुलाई रु एकलाख ५० हजार दिने घोषणा गरेका हुन्। 

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन्। घाइतेहरुलाई उपचार जारी छ। भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन्।
 

कमेन्ट लोड गर्नुस