सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जना सैनिकको मृत्यु

२०७९ कार्तिक २१, ०६:०२

एजेन्सी: भारत र भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिएका छन्।

‘भारत–भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,’ गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ। सेनाको गाडी नरेङ्गी आर्मी क्यान्टबाट दुर्घटनास्थल पुगेको थियो। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
 

कमेन्ट लोड गर्नुस