सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ढुङ्गा लागेर एक महिला वडा सदस्य घाइते, हेलिकोप्टरमार्फत उद्धार

२०७९ कार्तिक २१, ०५:०० खबर संवाददाता

धनगढी: बझाङमा भिरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन्। 

जिल्लाको साइपाल गाउँपालिका-३ माथिल्लो कायाकी स्थानीय एवम् वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताइन्। उनलाई बझाङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको हो।

कमेन्ट लोड गर्नुस