सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई ३२ किलोको माला !

आज धनगढी फर्कने

२०७९ कार्तिक २०, ०४:०४ खबर संवाददाता

धनगढीः प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ३२ किलोको मालाले सम्मान गरिएको छ। आइतबार उनको गृहजिल्ला डडेल्धुरामा ३२ किलोको मालाले देउवालाई सम्मान गरिएको हो। 

सयुंक्त लोकतान्त्रिक वाम गठबन्धन परशुराम नगरपालिकाले जोगबुढामा देउवालाई ३२ किलोको मालाले सम्मान गरेको जनाएको छ। देउवा चुनावी सभालाई सम्बोधन गर्न जोगबुढा पुगेका छन्। 

यस्तै गत १७ गते जिल्ला गएका देउवा आज धनगढी फर्कने छन्।

कमेन्ट लोड गर्नुस