सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भीमदत्त नगरपालिकाको टिप्परमा कसले गर्‍यो तोडफोड ? 

२०७९ कार्तिक २०, ०३:१० खबर संवाददाता

धनगढीः कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको टिप्पर तोडफोड गरिएको छ। नगरपालिकाको म १ ग ३२ नम्बरको टिप्परमाथि ढुंगा प्रहार गरिएको हो। 

नगरपालिकाको वडा नं १ रौटेला खोलाबाट ग्राभेल लिएर फर्किरहेको टिप्परमाथि वडा नं ३ तिलकपुरमा ढुंगा प्रहार भएको हो। अज्ञात समूहले ढुंगा प्रहार गरेको नगरपालिकाले जनाएको छ। मोटरसाइकलमा आएर दुई जनाले टिप्परलाई रोकेर अगाडीको सिसा तोडेको बताइएको छ। 

ढुंगा प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस