सात महिनामै भट्टले पाइन् सन्तान
एजेन्सीः बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छन्। आज मुम्बईको रिलायन्स अस्पतालमा अभिनेत्री भट्टले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई आज बिहान अभिनेता रणवीर कपुरले प्रसुतीको निम्ति उक्त अस्पताल पुर्याएका थिए। भर्ना भएको केहीबेरमै उनले छोरी जन्माएकी हुन्।
आलियाले विवाह गरेको केही महिनामै आफू गर्भवती भएको बताएकी थिइन्। विवाह गरेको सात महिनामै पहिलो सन्तान पैदा भएको हो।