के-पप ब्यान्ड एनसिटी-१२७ को इन्डोनेसियाको कन्सर्टमा भागदौड, ३० जना बेहोस
काठमाडौंः केपप ब्यान्ड एनसीटी १२७ को इन्डोनेसिया कन्सर्टमा भागदौड हुँदा ३० जना प्रशंसक बेहोस भएका छन्। इन्डोनेसियामा यो गत एक महिना भित्रमा घटेको दोस्रो भागदौडको घटना हो। गत महिना मात्र फुटबल स्टेडियममा भएको भागदौडमा ४० बालबालिका सहित १३० जनाको ज्यान गएको थियो।
कार्यक्रम स्थलमा भागदौडको घटना घटेसँगै एनसिटी १२७ को कन्सर्ट स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रहरी प्रशासनले शुक्रवार स्थगित भएको कन्सर्ट शनिवार सुचारु गर्न अनुमति दिएतापनि कडा सुरक्षा मापदण्ड अपनाएको छ।
प्रहरी प्रवक्ता इन्द्रा जुल्पानलाई उदृत गर्दै अल्जजिराले जनाए अनुसार शुक्रवार मध्यरात कन्सर्ट सुरु भएको दुई घण्टा पश्चात प्रशंसकहरू ठेलमठेल गर्दै स्टेजको नजिक जान खोज्दा ३० जना प्रशंसकहरू बेहोस भएका हुन्।