सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

२०७९ कार्तिक १९, ०१:३० खबर संवाददाता

रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु  भएको छ।  

सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।  स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले  जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको   अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो।

आगो  ३, ५०० वर्ग मिटर क्षेत्रमा  फैलिएको थियो।  घटना बारे अनुसन्धान जारी छ  भने विस्तृत विवरण आउँन बाँकी छ। 
 

कमेन्ट लोड गर्नुस