सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउनुस्ः आरजु 

फाइल फोटो
फाइल फोटो
२०७९ कार्तिक १९, ११:१० खबर संवाददाता

धनगढी: कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाल हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन मतदातालाई आग्रह गरेकी छन्। उनले जनतासंग भोट माग्ने क्रममा यस्तो अभिव्यक्ती दिएकी हुन्।  

‘यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ।’ उनले भनीन्, ‘आजभन्दा १०, १५ वर्षअगाडि यहाँ कतिजना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्थे, क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस्।

नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस्।’ यसअघि फ्रि भिसामा मलेसिया पठाइदिने अनि कांग्रेसले जितेको पालिकामा मात्रै बजेट पठाइदिने भनेर उनी विवादमा परेकी थिइन्।

कमेन्ट लोड गर्नुस