सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावामा प्रदूषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

२०७९ कार्तिक १८, ०८:०४

एजेन्सी: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीमा ५ नोभेम्बरदेखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गरेका छन्। यसबाहेक कक्षा ५ भन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा पनि प्रतिबन्ध लाग्नेछ। मुख्यमन्त्रीले दिल्लीमा यातायातमा जोर विजोर प्रणाली लागू गर्नेबारे पनि विचार गरिएको जानकारी दिए।  

पत्रकार सम्मेलन कार्यक्रममा केजरीवालले पञ्जाब र दिल्लीमा बढेको प्रदुषणबारे बोल्दै प्रदुषित हावा एउटा राज्यमा मात्रै नभई हरेक राज्यमा जाने बताए। उनले भने, ‘प्रदुषण दिल्लीको मात्रै समस्या होइन, हरियाणा, युपी र पूरा उत्तर भारतको हावाको स्थिति खराब छ। यो एक–अर्कालाई आरोप लगाउने बेला होइन। केन्द्रले अघि सरेर कदम उठाउनुपर्नेछ। यसो गरेर उत्तर भारतलाई बचाउन सकिनेछ।’

उनले थपे, ‘पञ्जाब र दिल्लीमा भलै हाम्रो सरकार छ तर यतिबेला एक–अर्कालाई औँला उठाउने होइन। यसले समाधान हुँदैन।’

कमेन्ट लोड गर्नुस